underline

गाउँको दसैँ

Underline

Share:

(सुप्रभ र विशाल दाजुभाइ हुन् । दाजु गाँउकाे घरमा बस्छन् भने सुप्रभ सहरमा बस्छन् । उनीहरू दसैँको बारेमा टेलिफोनमा संवाद गर्दै छन्।सुप्रभ: हेलाे दाजु । के छ खबर ? हेर्दा हेर्दै दसैँ नि आयो है ?विशाल: ठिक छु भाइ, के छ तिम्राे ? हो त ! आज घटस्थापना हाे नि । यहाँ घरमा जमरा राखिसकियो। त्यता नि ?सुप्रभ: अँ साँच्चै ! आमाले हिजाे भन्दै हुनुहुन्थ्याे, घटस्थापना भनेर । गाँउकाे घटस्थापना कस्ताे हुन्छ मलाई त थाहा नै छैन दाजु ? घटस्थापनामा के के गरिन्छ ?विशाल: त्यँहाजस्तै हाे भाइ हुन त । बिहानै उठेर गाईकाे गाेबरले घर पोतेर घर शुद्ध बनाइन्छ । त्यसपछि चोखो माटो वा बालुवामा धान, मकै, गहु, तिल, जौजस्ता अन्नहरू राखिन्छ र पुजा गरी पुजाकोठामा राखिन्छ । राखेकाे जमराकाे सामानलाई घामले नभेटाेस भनेर घाम नपर्ने गरी टपरीले छोपिन्छ । त्यही जमरा दशमी वा टिकाको दिन लगाउने त हाे नि ।सुप्रभ: ए! घर पोत्नु भनेको के हो दाजु ? मैले त पहिलो पटक सुने त। यँहाकाे घर पाेतेकाे त देखेकाे छैन त ? विशाल: हा हा….., त्याे भनेकाे नि गाउँमा रातो माटोमा गोबर मिसाएर घरलाई शुद्ध पर्ने काम गर्छन् । हाे त्यसैलाई घर पोत्नु भनिन्छ तर सहरमा यस्तो गर्दैनन् घरलाई सफा पानीले मात्र सफा गर्छन् । कसै कसैले चाँहि गाईकाे पिसाबमा पानी मिसाएर त्यसले पनि शुद्ध पार्ने चलन हुन्छ सहरमा ।सुप्रभ: त्यही त है। गाउँ र सहरमा धेरै कुरा फरक हुन्छ भन्नुहुन्छ आमाले । भन्नु न दाजु के के हो ? मलाई त गाउँको बारेमा धेरै कुरा थाहा छैन।विशाल: हो त नि ! गाँउ आऊ भन्दा मान्दैनाै, अनि कसरी थाहा हुनु त ? सुन, गाउँमा त दसैँ आयो भनेपछि गाउँका केटाकेटीहरू लिङ्गे पिङ्ग हाल्ने भनेर बाबियाे खाेजेर, लट्टा बाट्छन्, सबै जना मिलेर बाँसका लिङ्गा गाड्छन्, अनि त्यसैमा लिङ्गे पिङ् बनाएर खेल्छन्, रमाउँछन् । घर घरमा चिउरा बनाउनको लागि धान भिजाएर ढिक्कीमा कुट्छन्। केराका घरी घरी ल्याउँछन् । सबैका घरमा खसी काट्न ठुला ठुला खसी पालेका हुन्छन्, नपालेकाले किनेर ल्याउछन् । सहरमा भएका सबैका छोराछोरीहरू पनि दसैँका लागि भनेर गाउँ घर फर्कन्छन् अनि गाँउघर कस्ताे रमाइलाे हुन्छ ।सुप्रभ: ओहो ! मलाई त यी सबै कुरा नँया र नौला भए । यहाँ सहरमा त सबै कुरा बजार गएर ल्याउने हो। चिउरा कुट्ने, खसी काट्ने, घर पोत्ने भन्ने कुरा त मलाई थाहा नै छैन दाजु । यँहा त छरछिमेकी पनि एक अर्काकाेमा आउँदैनन् । फुर्सद भयाे कि घुम्न जाने, तास खेेल्ने भन्छन् । पिङ पनि सबै ठाँउमा हुन्न । । गाँउमा गरेकाेजस्ताे कुरा त मलाई त्यति थाहा भएन । खसी नि पसलबाट मासु किनेर खाने हाे । अनि अरू के के हुन्छ दाजु, सुनाउनु न । विशालः हाे नि भाइ, त्यही भएर त गाँउ आऊ भनेकाे नि । गाँउका मान्छे कति धेरै मिलनसार, सहयाेगी हुन्छन् । एकले अर्कालाई अप्ठ्याराे परेकाे बेला सहयाेग गर्छन् । सबैले मिलेर काम गर्छन् र सँगै रमाइलाे नि गर्छन् । हाम्राे घरमा नि कत्ति ठुलाे खसी छ । अष्टमीकाे दिन मार हान्ने भन्नु भएकाे छ हजुरबुबाले ।सुप्रभः मार ??? के हाे नि त्याे भनेकाे फेरि ? लाै न याे दाजुले त के के भन्नु हुन्छ मलाई त बुझ्न नि गाह्राे हुन्छ भन्या ?विशालः मार भनेकाे नि दसैँमा खसी बाेका काट्ने काम हाे । दसैँकाे खसी काट्दा आँगनमा रेखी हालेर गुरुले पुजा गरेर अनि मार हान्ने गरिन्छ । कसैका घरमा अष्टमीका दिन मार हान्छन् भने कसैकाेमा नवमीकाे दिन । दसैँमा दुर्गा भगवतीलाई प्रसन्न बनाउँन यस्ताे गर्ने चलन छ ।सुप्रभः अनि सबैकाेमा मार हान्नैपर्छ दाजु ? कि कसै कसैले हान्दैनन् । हाम्राे यँहा त हान्नुहुन्न त ?विशालः गाँउमा प्रायः सबैले खसी बाेका मार हान्ने हाे । कसै कसैकाे घरमा चाँहि खसी बाेका मार हानेनन् भने कुभिन्डाे, घिराैलाे भए पनि काटेर दुर्गा भगवतीलाई वली चढाउने चलन छ । सबैकाे एउटा माैला घर हुन्छ । त्यही गएर देवीकाे आरधना गर्छन् । सुप्रभः लु दाजु याे पटक त हजुरले कस्ताे नाैलाे कुरा सुनाउनु भयाे । सुनेर मलाई त रमाइलाे नि लाग्याे, काैतुहल नि भयाे । यँहा त माैला घर सुनेकाे छैन मैले । यहाँ त दसैँमा दुर्गाकाे दर्शन गर्न भनेर मन्दिर गएकाे चाँहि थाहा छ । दक्षिणकाली, शाेभा भगवती, मैतीदेवी, नक्साल भगवती, तलेजु मन्दिर, भद्रकाली । ओहाे! यस्ता कुरा थाहा पाउन अर्काे दसैँमा चाँहि आमा, बाबालाई भनेर हामी पनि गाँउकै घर आउने हाे । अनि सबै कुरा हेरेर रमाइलाे गराैँला ल ।विशालः ल ल भाइ पक्का आऊ ल । गाँउमा त हाे नि आफ्नाे रीतिरिवाज, चालचलन, धर्म सस्कृतिकाे बारेमा थाहा पाउने । गाँउमा यी सबै कुरालाई जगेर्ना गरेर राखेका हुन्छन् । ल त सबैलाई दसैँकाे शुभकामना । त्यँहा नि राम्ररी दसैँ मनाउ है । अर्काे साल सँगै रमाइलाे गराैँला ।सुप्रभः हुन्छ दाजु । नमस्कार । हजुरलाई र हजुरआमा, हजुरबुबालाई पनि दसैँकाे शुभकामना ।( यति भनेपछि दुबैले टेलिफाेनवार्ता टुङ्याउँछन् ।)

0 reads

Published on 11/29/2021

Image

Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Adhikari

Grade 7

Roll No: 27014

39

More Articles from

Student

Underline
Journal - My Trip to Chitwan

Journal - My Trip to Chitwan

Published 1/29/2019
काेराेनाकालीन दैनिकी

काेराेनाकालीन दैनिकी

Published 5/3/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 5/17/2021
फेरि आयाे काेराेना

फेरि आयाे काेराेना

Published 5/19/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 7/5/2021
युराेकप २०२०

युराेकप २०२०

Published 9/17/2021
बाँच नेपाल स्वाधीन बनी

बाँच नेपाल स्वाधीन बनी

Published 11/19/2021
अनुशासन

अनुशासन

Published 1/19/2022
पछुताे र वाचा

पछुताे र वाचा

Published 6/16/2022
हे युवा

हे युवा

Published 6/22/2022
फोहोर व्यवस्थापन र सफा सहर

फोहोर व्यवस्थापन र सफा सहर

Published 7/6/2022
Travelogue: Walking Down The Memory Lane

Travelogue: Walking Down The Memory Lane

Published 7/27/2022
What Is Reddit

What Is Reddit

Published 8/8/2022
रक्सीकाे मात

रक्सीकाे मात

Published 9/8/2022
प्रकृति र वातावरण

प्रकृति र वातावरण

Published 11/4/2022
Politics & Human Rights

Politics & Human Rights

Published 11/17/2022
Dignified Menstruation

Dignified Menstruation

Published 12/22/2022
Personal Finance

Personal Finance

Published 1/9/2023
हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

Published 2/1/2023
विवश

विवश

Published 2/15/2023
निबन्धः संविधान र यसकाे महत्त्व

निबन्धः संविधान र यसकाे महत्त्व

Published 2/23/2023
सानी भेटिई

सानी भेटिई

Published 3/10/2023
हे युवा !

हे युवा !

Published 5/23/2023
व्यवसायमुखी कृषि

व्यवसायमुखी कृषि

Published 7/4/2023
Arresting God in Kathmandu: A Review

Arresting God in Kathmandu: A Review

Published 8/17/2023
देश मेराे नेपाल

देश मेराे नेपाल

Published 9/19/2023
बालदिवस र यसकाे सन्दर्भ

बालदिवस र यसकाे सन्दर्भ

Published 11/25/2023
Life in an Aquarium

Life in an Aquarium

Published 12/1/2023
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 12/8/2023
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Published 12/25/2023
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/17/2024
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/18/2024
फूल थरी थरी

फूल थरी थरी

Published 1/25/2024
The Evolution of Chess

The Evolution of Chess

Published 1/31/2024
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 3/21/2024
How Social Media Impacts Mental Health

How Social Media Impacts Mental Health

Published 5/15/2024
The Evolving Role of Teachers in the Digital Age

The Evolving Role of Teachers in the Digital Age

Published 7/20/2024
Inner Peace

Inner Peace

Published 8/29/2024