देश मेराे नेपाल
हिमालकाे शिर, पहाडकाे तन, ओच्छ्यान तराइकाेसुन्दर शान्त विशाल देश, ईश्वरको वरदान हाे ।१।उच्चाे छ शिर ,विश्वकाे गाैरव, सगरमाथाकाेप्रकृति सुन्दर, हरियाली भूमि, वीरकाे गाथा जाे ।२।मन्दिरै मन्दिर देवकाे बास, याे तपाेभूमि हाेबुद्धकाे जन्म, सीताकाे कर्म याे कर्म भूमि हाे ।३।स्वर्गकी परी, रारा ताल हेर, बेगनास् फेवा छन्चाँदीझैँ हिमाल टलटल हेर, मनमाेहक झरना झन् ।४।ढिडाे र गुन्द्रुक, मार्सीकाे चामल, नेपाली परिकारजडी र बुटी, जरूवा पानी, प्राकृतिक उपहार ।५।वनपाखा हेर, प्राकृतिक छटा, संसारै चकितसबै लाग्छ, याे कान्तिपुरी शिव पाे छ कि त ? ।६।जात र धर्म फूलबारी सरी, सहिष्णु नेपालीसर्वाेच्च मान नेपाल जहाँ हे वीर गाेर्खाली । ७।विकटमा हेर कर्णाली तर, यार्चाकाे भण्डारसानाे छ तर, विविधताकाे खानी, भूगाेल अन्सार ।८।सङ्घीयताकाे, बीज राेपेकाे, लाेकतान्त्रिक भूमि याेविश्वमा कतै, छ भने स्वर्ग, नेपालै भूमि हाे । ९।शब्दमा वर्णन, सकिन्न गर्न, महिमा अपार मान र सान, नेपाली गाैरव, देश मेराे नेपाल ।१०।
0 reads
Published on 9/19/2023
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 9
Roll No: 27014
39
More Articles from
Student