लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ मा सुरु भएकाे अभियान हाे । यस अभियानले महिला विरुद्ध हुने हिंसालाई सम्बोधन गर्न र यसकाे विरूद्धमा आवाज उठाउनका लागि विश्वव्यापी आन्दोलनको रूपमा मनाउँदै आइएकाे छ । यो अभियान अमेरिकाको न्यु जर्सिस्थित रुटजर्स युनिभर्सिटीमा रहेको महिला अधिकार सम्बन्धी संस्था सेन्टर फर वुमेन्स ग्लोबल लिडरसिपले सुरु गरेको हो । उद्घाटन अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न अभियान र दिवस मनाई सम्पन्न गरिन्छ । यो अभियानले विश्वभरि महिला र किशाेरीहरू विरुद्ध हुने हिंसा अन्त्य गर्न सचेतना जगाउने र कारबाही गर्ने लक्ष्यका साथ सञ्चालन हुने गर्दछ । १६ दिनसम्म मनाइने याे अभियानकाे पहिलाे दिन नोभेम्बर २५ मा महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसकाे रूपमा र्याली, झाँकीका साथ मनाइने गरिएकाे छ । यो दिन अभियानको सुरुवातकाे दिन हो र महिला विरुद्ध हुने हिंसाको व्यापकता र प्रभाव बारे चेतना जगाउने र यसकाे महत्त्वका बारेमा जानकारी दिने गरी याे पहिलाे दिनलाई मनाइन्छ । नेपालमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले १६ दिने अभियानकाे नेतृत्व लिदै आएकाे छ । यस वर्षकाे महिला हिंसा विरूद्धकाे १६ दिने अभियानकाे राष्टिय नारा लैङ्गिक हिंसा अन्त्यकाे सुनिश्चितताः महिला तथा बालबालिकामा लगानीकाेसुनिश्चितता भन्ने रहेकाे छ ।नेपाल तथा दक्षिण एसियाका देशहरूमा र विश्वभरमा नै महिला तथा किशाेरीमाथिका हिंसाका घटनाहरू बढी रहेकाे परिप्रेक्ष्यमा महिलालाई पनि पुरूष सरह मानव अधिकारकाे सुनिश्चितता हुनुपर्छ र उनीहरू दाेस्राे दर्जाकाे नागरिककाे रूपमा रहनु भनेकाे मानव अधिकारकाे विश्वव्यापी घाेषणपत्र सन् १९४८ ले प्रत्याभूत गरेकाे मानव अधिकारकाे उल्लङ्घन हाे भन्ने मान्यतासहित महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (सिड) १९७९ मा संयुक्त राष्ट सङ्घकाे महासभाबाट पारित गरी सन् १९९१ मा नेपालले पनि अनुमाेदन गरी विभिन्न कार्यक्रम गरी मनाउँदै आएकाे छ ।यस १६ दिने अभियानका हरेक दिनहरूमा विभिन्न किसिमका दिवसहरू पर्दछन् जसमध्ये मुख्यतया नाेभेम्वर २९ लाई महिला मानव अधिकार रक्षा दिवसका रूपमा मनाइने गरिन्छ भने डिसेम्बर १ लाई विश्व एड्स दिवस, डिसेम्बर २ विश्व दासता उन्मूलन दिवस, डिसेम्वर ३ विश्व अपाङ्गता दिवस, डिसेम्वर ५ मा विश्व स्वंयसेवक दिवस, डिसेम्वर ६ विश्व महिला सहिद दिवस, डिसेम्बर ८ मर्यादित महिनावारी दिवस र डिसेम्वर १० मा मानव अधिकार दिवसकाे रूपमा मनाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मानवअधिकार र महिला विरुद्ध हुने हिंसा उन्मूलनबिचको सम्बन्धलाई जोड दिँदै यस दिनकाे अभियानको समापन हुन्छ।यी १६ दिनहरूमा विभिन्न सङ्घसंस्था, कार्यकर्ता र व्यक्तिहरूले चेतना जगाउने, नीति परिवर्तनको पक्षमा वकालत गर्ने, महिला विरुद्ध हुने हिंसा रोक्न र उन्मूलन गर्ने प्रयासलाई प्रवर्द्धन गर्ने गतिविधि र पहलमा संलग्न हुन्छन् । अभियानले घरेलु हिंसा, यौन दुर्व्यवहार, १६ दिने अभियानका क्रममा लिङ्गमा आधारित हिंसाका मूल कारणहरूलाई सम्बोधन गर्ने, त्यस्ता हिंसालाई निरन्तरता दिने सामाजिक मान्यताहरूलाई चुनौती दिने र लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको हुन्छ । यो समयलाई व्यक्ति र समुदायहरू एकजुट हुने एक अर्काका सफलता र भाेगाइका कथाहरू सुन्ने सुनाउने र सबैका लागि हिंसामुक्त संसार बनाउनको लागि कदम चाल्ने र शून्य सहिष्णुताकाे सिद्धान्त अपनाएर मानव अधिकारकाे सुनिश्चित गर्दै विभेद रहित समाजकाे निर्माणमा याेगदान दिने समयका रूपमा लिने गरिन्छ र विश्वव्यापी मानव अधिकारकाे सुनिश्चितताका लागि हामी सबैकाे याेगदान हुन जरूरी छ ।
0 reads
Published on 12/25/2023
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 9
Roll No: 27014
39
More Articles from
Student