underline

रक्सीकाे मात

Underline

Share:

रातकाे झन्डै ९ बजेकाे थियाे । बाहिरकाे माैसम सफा थियाे, निलाे आकाशमा पुर्णिमाकाे जुन चम्किरहेकाे थियाे । जुनकाे उज्यालाेमा कतैबाट चिच्याएकाे आवाज आयाे, “आमा……… ” । साना केटाकेटी चिच्याएर राेइरहेकाे आवाज आयाे । वरिपरि छिमेकबाट एक हुल महिला, पुरूष, युवाहरू दगुर्दै थिए । काेही भन्दै थिए, “आज पनि धाेकेर आयाे क्यार, भकुराेजस्ताे छ , यिनीहरूकाे घरकाे कलहले हामी छिमेकलाई पनि सन्ताेष दिएन । ती साना केटाकेटीले सधैँ त्याे आमा कुटेकाे देख्दा तिनीहरूकाे दिमाखमा बाउ प्रति कस्ताे विचार आँउदाे हाे ? कस्ताे निर्दही रहेछ । ”काेलाहल भएकाे घरमा एकै छिनमा सबै छिमेकी भेला भए । एक जना महिला घाेप्टाे परेर राेहिरहेकी थिइन् । उनकाे नजिकै छाेराछाेरी पनि घुँक्क घुँक्क गरिरहेका थिए । अर्काे कुनामा एउटा पुरूष खुट्टा लरबराउँदै बुढीलाई कराइरहेकाे थियाे, “कहिलै मिठाे बनाउने पनि हाेइन, राम्राे मुख गर्ने पनि हाेइन, घरमा बस्या छ काम काज केही छैन, यसलाई मारिदिन्छु।” यत्तिकैमा समाजकाे गन्ने मान्ने जस्ताे देखिने एक पुरूषले त्यसलाई नै गाली गर्दै थिए, “तँ चै के काम गरेर आएकाे हँ ? दिनभरि काम न काजसँग बसेर तास खेल्नु र रक्सी धाेक्नु, अनि बेलुका घर आएर स्वास्नी कुट्नुबाहेक तैले चैँ के काम गरेकाे छस् र ठुलाे धाक देखाउँछस् ? तासमा हार्याे अनि घरमा आएर जहान परिवारमाथि जाइ लाग्याे, याे भन्दा के नै जानेकाे छ हँ तैले चाँहि ? कमाइ धमाइ छैन । दिनहुँ गाउँमा हाे-हल्ला मचाएकाे छ, महिलामाथि हिँसा गरेकाे छ, पुलिस बाेलाएर थुनाइदिन्छु अनि चाल पाउलास् ।” यति भनेकाे सुनेपछि अलि अघिसम्म के के न पुरूषार्थ गरे भन्ने त्याे पुरूष टाउकाे निउराएर सिँढीमा थचक्क बस्याे । ती महिला सुङ्क, सुङ्क गरिरहेकी थिइन् । केटाकेटी आमाकाे वरिपरिबाट घरी रक्सीले मातेकाे बाउलाई हेर्थे भने घरी कुटाइ खाकी आमालाई । विचरा ती अबाेधहरू न त आमालाई नराेऊ भन्न सकिरहेका थिए न त बाउलाई हाम्री आमा किन कुटेकाे भनेर प्रश्न नै गर्न । लाग्थ्याे उनीहरू बाउले आमा कुटेकाे पिडाले उनीहरूकाे भित्र लागेकाे राप आमाकाे न्यानाे बात्सल्यले बुझाउन खाेजिरहेका थिए ।रात बढ्दै गएकाे थियाे । छिमेकका महिलाहरू एक झुण्डमा कुरा गर्दै थिए । भन्दै थिए कि,- “खै के के हाे कानुन बनेकाे छ रे महिला हिंसा र घरेलु हिंसाका कानुन पनि छन् रे भन्छन्, खै कानुन ? दिनहुँ हामीजस्ता महिला यसै गरी आफ्नाे लाेग्नेबाट कुटाइ खाएकाे खाएकै छाैँ । उजुर गर्न गए पनि हुने केही हाेइन । पुलिसले घटना दर्ता गर्न नि मान्दैन । गरिहाले पनि मिलमिलाप गर, मिल भन्छ । अनि फेरि मिलाे, कुटाइ खायाे । यस्ता देशका कानुनले हामीलाइ केही हुने वाला छैन । झन् बरू घरकाे समस्या बाहिरकालाइ सुनाउने मात्र हुने क्या ।” अर्कीले भन्दै थिइन्, “आ… म भए त के काे कुटाइ सहेर बस्थे पारपाचुके गरेर मज्जाले आधा अशं खाएर बस्थे । यी भाउजू पनि हुतिहारा, दिन दिनै कुटाइ खाकिछन् बसेकी छन् । यसरी हामी महिलाले जे पनि सहेकाले यी पुरूष भनाउँदाले हेपेका ।”अलिपर पुलिसकाे गाडीकाे साइरन बज्याे । सबै जनाकाे ध्यान त्यतैतिर तानियाे । सिँढीमा रक्सीले लर्वराएकाे त्याे पुरूष पनि केही झस्कियाे । यत्तिकैमा झगडा परेकाे घरकाे बाहिर पुलिसकाे गाडी आएर राेकियाे । असइ सहितकाे पुलिसकाे टाेली सरासर घर भित्र पस्याे र रक्सीले मातेकाे पुरूषलाई च्याप्प समात्याे र भन्याे “ हवलदार साहेब गाडीकाे ढाेका खाेल्नुस् यसकाे रक्सीकाे मात अब ठानामा सेलाउनुपर्छ । पुरूष भएर महिलामाथि पुरूषत्व देखाउने यस्तालाई ठिक पार्न हामीले पनि जानेकाे छ । हिड साले मामाघर ।”पुलिसले रङ्कसीले मातेकाे पुरुषलाई गाडीमा लिएर जान्छन् । सबैकाे दृष्टि त्यतै तानिन्छ ।

0 reads

Published on 9/8/2022

Image

Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Adhikari

Grade 8

Roll No: 27014

39

More Articles from

Student

Underline
Journal - My Trip to Chitwan

Journal - My Trip to Chitwan

Published 1/29/2019
काेराेनाकालीन दैनिकी

काेराेनाकालीन दैनिकी

Published 5/3/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 5/17/2021
फेरि आयाे काेराेना

फेरि आयाे काेराेना

Published 5/19/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 7/5/2021
युराेकप २०२०

युराेकप २०२०

Published 9/17/2021
बाँच नेपाल स्वाधीन बनी

बाँच नेपाल स्वाधीन बनी

Published 11/19/2021
गाउँको दसैँ

गाउँको दसैँ

Published 11/29/2021
अनुशासन

अनुशासन

Published 1/19/2022
पछुताे र वाचा

पछुताे र वाचा

Published 6/16/2022
हे युवा

हे युवा

Published 6/22/2022
फोहोर व्यवस्थापन र सफा सहर

फोहोर व्यवस्थापन र सफा सहर

Published 7/6/2022
Travelogue: Walking Down The Memory Lane

Travelogue: Walking Down The Memory Lane

Published 7/27/2022
What Is Reddit

What Is Reddit

Published 8/8/2022
प्रकृति र वातावरण

प्रकृति र वातावरण

Published 11/4/2022
Politics & Human Rights

Politics & Human Rights

Published 11/17/2022
Dignified Menstruation

Dignified Menstruation

Published 12/22/2022
Personal Finance

Personal Finance

Published 1/9/2023
हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

Published 2/1/2023
विवश

विवश

Published 2/15/2023
निबन्धः संविधान र यसकाे महत्त्व

निबन्धः संविधान र यसकाे महत्त्व

Published 2/23/2023
सानी भेटिई

सानी भेटिई

Published 3/10/2023
हे युवा !

हे युवा !

Published 5/23/2023
व्यवसायमुखी कृषि

व्यवसायमुखी कृषि

Published 7/4/2023
Arresting God in Kathmandu: A Review

Arresting God in Kathmandu: A Review

Published 8/17/2023
देश मेराे नेपाल

देश मेराे नेपाल

Published 9/19/2023
बालदिवस र यसकाे सन्दर्भ

बालदिवस र यसकाे सन्दर्भ

Published 11/25/2023
Life in an Aquarium

Life in an Aquarium

Published 12/1/2023
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 12/8/2023
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Published 12/25/2023
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/17/2024
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/18/2024
फूल थरी थरी

फूल थरी थरी

Published 1/25/2024
The Evolution of Chess

The Evolution of Chess

Published 1/31/2024
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 3/21/2024
How Social Media Impacts Mental Health

How Social Media Impacts Mental Health

Published 5/15/2024
The Evolving Role of Teachers in the Digital Age

The Evolving Role of Teachers in the Digital Age

Published 7/20/2024
Inner Peace

Inner Peace

Published 8/29/2024