underline

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Underline

Share:

पुस्तक अध्ययनका क्रममा मैले खबुज नामकाे पुस्तक पनि अध्ययन गरेकाे छु, जसका लेखक बेन्यामिन हुन् जाे केरलाका साहित्यकार रहेका छन् । यी पुस्तकहरूकाे अध्ययनबाट मैले हाम्राे समाज, समाजमा घट्ने घटना, मानिसका सङ्घर्षका कथा, सामाजिक र सांस्कृतिक विसङ्गति, बाल मनाेविज्ञान, देशभक्त नेपाली, १२ वर्षकाे द्वन्द्वकाल र परिघटना, यार्चागुम्वाका कारण बालबालिकाले भाग्नु परेकाे दुःख र पढाइमा भएकाे अवराेधका बारेमा बुझ्ने माैका पाएँ । यसमध्ये पनि मलाई असाध्यै मन परेका पुस्तकमा आमाले सक्नुहुन्छ र हजुरआमाकाे लाैराे रहेका छन् । यी दुवै पुस्तकका पात्र महिला र बालबालिका हुनु र यसमा उल्लेख गरेकाे घटना क्रमले महिलालाई हेर्ने दृष्टिकाेण, समाजकाे महिला प्रतिकाे साेच, तथा अहिलेकाे आधुनिक युगमा महिला, बालबालिका तथा वृद्धवृद्धाले भाेग्नु परेकाे पीडालाई उल्लेख गरेकाे छ ।हजुरआमाकाे लाैराे पुस्तकका बारेमा भन्नुपर्दा याे पुस्तक साहित्यकार रामदेव पाण्डेले लेखेकाे उत्कृष्ट बाल उपन्यास हाे । जसमा जेष्ठ नागरिक र बालबालिकाकाे पक्षमा उल्लेख गरिएकाे छ । यस पुस्तकमा लेखकले बालमनाेविज्ञान र आधुनिक बाबुआमाकाे मनाेविज्ञानलाई केलाएका छन् । साहित्यकार पाण्डेले अहिलेका आधुनिक बन्न खाेज्ने बाबुआमाले परिवारका सदस्यहरू जस्तै छाेराछाेरी र वृद्ध बाबुआमालाई आफ्नाे जीवनकाे बाेझ मानेर उनीहरूबाट टाढा रहन छाेराछाेरीलाई हाेस्टेल राख्ने र आमाबुबालाई वृद्धाश्रम पठाउने कुसंस्कार माथि व्यङ्ग्य गरेका छन् । उनले यसमा आधुनिक समाजमा आफू कथित आधुनिक बन्नका लागि आफ्ना बालबालिका र वृद्धवृद्धाहरूलाई गरिने व्यवहार कस्ताे छ भन्ने कुरा सहज र सरल भाषाकाे प्रयाेग गरी व्याख्या गरेकाछन् । ग्रामीण परिवेशमा हुर्किएका व्यक्तिहरूले सहरी वातावरणकाे नक्कल गर्न खाेज्दा परिवार नै लथालिङ्ग भएकाे कुरालाई निर्मला, छाया, हजुरआमा र निर्मलाका साथीहरूले गरेका व्यवहार र भाेगाइकाे चर्चा गरी सरल भाषामा र शैलीमा बुझाउन खाेजिएकाे छ । याे पुस्तक बालबालिकाका साथै परिवारका अन्य सदस्यहरूका लागि पनि उत्तिकै सान्दर्भिक छ। यसमा एउटा परिवारकाे कथालाई व्याख्या गर्दै घर भित्रकाे परिस्थिति सहज र सरल बनाउन मुख्य अभिभावककाे ठुलाे भूमिका हुन्छ । यदि अभिभावक नै अव्यवहारिक भयाे भने राम्राे परिवार पनि बिग्रन्छ भन्ने कुरालाई निर्मला र विमलकाे व्यवहारबाट देखाउन खाेजिएकाे छ भने उमेरले र अनुभवले सानाे व्यक्ति भए पनि विवेक र बुद्धिकाे प्रयाेग गर्न सके कुबाटाेमा जान लागेकाे परिवारलाई सही स्थानमा ल्याउन सकिन्छ भन्ने कुरा छायाले हजुरआमालाई वृद्धाश्रमबाट फर्काएकाे घटनाले देखाएकाे छ । यस उपन्यासका पात्र हजुरआमा र नातिनी बिचकाे सम्बन्ध, कुराकानी र उनीहरूकाे व्यवहारलाई विश्लेषण गर्दा अन्तरपुस्ता सम्बन्ध बालबालिकाकाे जीवनमा महत्त्वपूर्ण र अपरिहार्य छ भन्ने कुरा बुझिन्छ । बुढाबुढीका लागि आफ्ना सन्तान बुढेसकालका सहारा हुनुपर्छ भन्ने कुरालाई व्याख्या गरेकाे याे पुस्तक मलाई असाध्यै मन पर्ने पुस्तक बनेकाे छ । यस पुस्तकका माध्यमबाट हामीले पनि हाम्रा अभिभावक र वृद्बवृद्धालाई सम्मान, माया सद्भाव गर्नुपर्ने र उनीहरू सँगसँगै समय बिताएर उनीहरूकाे भावनालाई बुझ्नु पर्ने शिक्षा पाएकाेछु । यस उपन्यासका पात्रहरू निर्मला र विमलले आफ्नाे परिवारका सदस्यलाई गरेकाे व्यवहारलाई सङ्गत अनुसारकाे फल भन्ने उखानसँग दाज्न सकिन्छ किनकि जब निर्मलाका साथीले उनलाई आफ्नी एक मात्र छाेरी हाेस्टल राख्न र बुढी आमाललाई वृद्धाश्रम पठाउन सल्लाह दिएका हुन्छन् भने त्याे सानी छाेरीकाे बाबु र वृद्ध आमाकाे छाेराे विमललाई उसकी श्रीमतीले कुरै नबुझी उक्साउने काम गरेकी हुन्छिन् ।यसरी विद्यालयले मासिक रूपमा प्रदान गर्ने साहित्यिक पुस्तककाे अध्ययनकाे अभ्यासले ममा साहित्य प्रतिकाे रुचि बढ्दै गएकाे छ । म नियमित रूपमा आफूले पढेका पुस्तकका बारेमा विश्लेषण गरी पुस्तककाे समीक्षासमेत गर्न सक्ने भएकाे छु । मेरा रचनाहरू नेपालकाे अनलाईन मिडिया जस्तै सेताेपाटी,साहित्यपाेष्ट, हाम्राे पात्राे र सिफल विद्यालयकाे आफ्नै वेवसाइटमा प्रकाशनसमेत हुने गरेका छन् । त्यसैले विद्यालयहरूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरेर अतिरिक्त पाठ्यसामग्रीहरू उपलब्ध गराएर उनीहरूकाे बाैद्धिक ज्ञान विकासमा ध्यान दिन आवश्यक छ ।

0 reads

Published on 1/18/2024

Image

Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Adhikari

Grade 9

Roll No: 27014

39

More Articles from

Student

Underline
Journal - My Trip to Chitwan

Journal - My Trip to Chitwan

Published 1/29/2019
काेराेनाकालीन दैनिकी

काेराेनाकालीन दैनिकी

Published 5/3/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 5/17/2021
फेरि आयाे काेराेना

फेरि आयाे काेराेना

Published 5/19/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 7/5/2021
युराेकप २०२०

युराेकप २०२०

Published 9/17/2021
बाँच नेपाल स्वाधीन बनी

बाँच नेपाल स्वाधीन बनी

Published 11/19/2021
गाउँको दसैँ

गाउँको दसैँ

Published 11/29/2021
अनुशासन

अनुशासन

Published 1/19/2022
पछुताे र वाचा

पछुताे र वाचा

Published 6/16/2022
हे युवा

हे युवा

Published 6/22/2022
फोहोर व्यवस्थापन र सफा सहर

फोहोर व्यवस्थापन र सफा सहर

Published 7/6/2022
Travelogue: Walking Down The Memory Lane

Travelogue: Walking Down The Memory Lane

Published 7/27/2022
What Is Reddit

What Is Reddit

Published 8/8/2022
रक्सीकाे मात

रक्सीकाे मात

Published 9/8/2022
प्रकृति र वातावरण

प्रकृति र वातावरण

Published 11/4/2022
Politics & Human Rights

Politics & Human Rights

Published 11/17/2022
Dignified Menstruation

Dignified Menstruation

Published 12/22/2022
Personal Finance

Personal Finance

Published 1/9/2023
हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

Published 2/1/2023
विवश

विवश

Published 2/15/2023
निबन्धः संविधान र यसकाे महत्त्व

निबन्धः संविधान र यसकाे महत्त्व

Published 2/23/2023
सानी भेटिई

सानी भेटिई

Published 3/10/2023
हे युवा !

हे युवा !

Published 5/23/2023
व्यवसायमुखी कृषि

व्यवसायमुखी कृषि

Published 7/4/2023
Arresting God in Kathmandu: A Review

Arresting God in Kathmandu: A Review

Published 8/17/2023
देश मेराे नेपाल

देश मेराे नेपाल

Published 9/19/2023
बालदिवस र यसकाे सन्दर्भ

बालदिवस र यसकाे सन्दर्भ

Published 11/25/2023
Life in an Aquarium

Life in an Aquarium

Published 12/1/2023
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 12/8/2023
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Published 12/25/2023
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/17/2024
फूल थरी थरी

फूल थरी थरी

Published 1/25/2024
The Evolution of Chess

The Evolution of Chess

Published 1/31/2024
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 3/21/2024
How Social Media Impacts Mental Health

How Social Media Impacts Mental Health

Published 5/15/2024
The Evolving Role of Teachers in the Digital Age

The Evolving Role of Teachers in the Digital Age

Published 7/20/2024
Inner Peace

Inner Peace

Published 8/29/2024