पछुताे र वाचा
एउटा घरमा बुबा, आमा, छाेरी र छाेरा थिए । उनीहरूका बुबा आमा सरकारी कार्यालयमा काम गर्दथे । आमाकार्यालयमा काम गर्ने र घरकाे पनि सबै काम एक्लै गर्दथिन् । बिहान सबैरै उठेर उनी घर सफादेखि पुजापाठ, चिया नास्ता र खाना तयार गरी छाेराछाेरीलाई विद्यालय पठाउँथिन् र आफू पनि श्रीमानसँगै कार्यालय जान्थिन् । श्रीमान बिहानै उठ्ने गर्दथे तर बिहानकाे व्यायाम र पत्रपत्रिका हेर्दैमा उनकाे कार्यालय समय हुन्थ्याे । श्रीमतिले सबै काम समयमा नै गरिरहेकी हुन्थिन् र केही काममा भने छाेरीले पनि सघाउँथिन् । यसरी समयमा नै सबै काम भइरहेकाे हुँदा त्यहाँ कुनै समस्या भाेग्नु परेकाे थिएन । बुवा आमा पनि कार्यालय जाने र छाेरा छाेरी पनि विद्यालय समयमा नै जाने आउने गर्दथे ।दिन यसरी नै बित्दै थियाे । एक दिन आमा धेरै बिमारी भइन् । उनी आछ्यान नै परिन् । उठेर काम त के उनी पानी सारेर पिउनसम्म पनि नसक्ने भइन् । उनी आछ्यान परेपछि त्यहाँ साह्रै नै गाह्राे भयाे । छाेरीले केही काम सकी नसकी गर्न थालिन् तर उनलाई भाइ र बुबाले भने सघाउन आएनन् । जसले गर्दा छाेरीकाे पढाइ कमजाेर हुन थाल्याे । छाेरीले मात्र सबै काम गर्न नसक्दा बुबा पनि समयमा कार्यालय जान सकेनन् । छाेराछाेरी पनि समयमा विद्यालय जानका लागि तयार हुन नै समस्या भयाे । त्याे घरमा न त समयमा खाना पाक्दथ्याे, न त कपडा नै सफा हुन्थे । घर उस्तै फाेहाेर भयाे, छाेरा छाेरीले गृहकार्य समेत नगरी विद्यालय जान थालेपछि उनीहरूले पनि विद्यालयमा गाली खान थाले ।समय बित्तै गयाे आमा बिमारी भएकाे पनि झण्डै १५ दिन भइसकेकाे थियाे । बुबा पनि समयमा कार्यालय पुग्नुहुन्नथ्याे । छाेरा छाेरीकाे पनि विद्यालयकाे गाडी दिनहुँ छुट्ने गर्दथ्याे । यी सबै कुरा आमाले हेरिरहेकी थिइन् तर उनलाई सबै कुरा गर्न उनकाे राेगले दिइरहेकाे थिएन । दिनहुँ घरमा समस्या भएपछि बुबा पनि छाेराछाेरीसँग रिसाउन थाले । श्रीमतीसँग नि रिसाउँन थाले । घरमा दिनहुँजस्ताे कलह हुन थाल्याे । छिमेकमा यस्ताे देखेर छिमेकीहरू पनि छक्क परे । कहिल्यै ठुलाे स्वरसम्म नगर्ने मान्छेहरूकाे घरमा कुटपिट हुँन थालेपछि नजिकैका छिमेकीहरू आए र साेधे कि यँहा के भइरहेकाे छ ? धरै दिनदेखि यस घरकी आमा पनि बाहिर निस्केकाे देखिएकाे छैन । छिमेकीकाे कुरा सुनेपछि छाेरीले रूँदै भनिन्, आमा त बिमारी भएकाे दुइ हप्ता भइसक्याे । आमा बिमारी भएदेखि हामीले समयमा खान पनि पाएका छैनाै, विद्यालय नि छुटिरहेकाे छ । म एक्लैले घरकाे काम गरीरहेकी छु तर सकिरहेकी छैन । यस्ताे कुरा सुनेपछि छिमेकीले बुबालाई बाेलाए र सम्झाउँदै भने,” हेर याे सबै तिमीहरू सबैकाे कारणले गर्दा भएकाे हाे । याे समस्या आमा बिमारी भएर भन्दा पनि तिमीहरू सबै जना मिलेर घरकाे काम नगरेकाले भएकाे हाे । पहिलेदेखि नै घरकाे काममा आमालाई सहयाेग गरेकाे भए, छाेरा छाेरी दुवै आफूले सकेकाे आफ्नाे काम आफै गर्न सिकेकाे भए, बुबाले पनि घरायसी काममा आमालाई सहयाेग गरेका भए अहिले आमा नि यसरी बिमारी पर्ने थिइनन् र बिमारी भएकाे बेलामा पनि सबैले आफ्नाे आफ्नाे काम गर्न सकिन्थ्याे । त्यसाे गर्दा न त समस्या हुन्थ्याे न त गुनासाे नै । हेर, हामी सबैले आफ्नाे जीवनमा सकेकाे काम गर्ने बानी बसाउँनुपर्छ । घरकाे काममा सबैले सहयाेग गर्याे भने एक जनालाई मात्र गाह्राे हुन्न र यस्ताे समस्या परेकेा बेलामा सबैलाई सजिलाे हुन्छ तर हामी घरकाे काम महिलाले वा भनाैँ आमाहरूले मात्र गर्ने हाे भन्छाैैँ र केही गर्दैनाै । जुन दिन घरकी महिला यसरी बिमारी हुन्छिन् वा घरबाट टाढा हुन्छिन् अनि सबैकाे जीवन अफ्ठ्याराेमा पर्छ ।”छिमेकीका यस्ता कुरा सुनेर बुबाकाे आँखा खुल्याे र छाेरा छाेरी र श्रीमतिसँग माफी मागे । छिमेकीलाई पनि त्यस्ताे ज्ञान दिएकाेमा धन्यवाद दिए । बिमारी भएकी श्रीमतीकाे नजिकमा गएर आफूले जीवनमा ठूलाे गल्ती गरेकाे र पछुताे लागेकाे कुरा भन्दै अबदेखि हरेक काममा उनलाई सघाउने र छाेराछाेरी दुबैलाई आफ्नाे काम आफैँ गर्न सिकाउने वाचा गरे । त्याे देखेर श्रीमतीका आखाँ आँसुले भरिए । आमाले मनमनै छिमेकीलाई धन्यवाद दिँदै बिस्तारामा काेल्टे फर्किइन् र आफू बिमारी भएर थलिँदा सबैकाे आँखा खुलाईदिएकाेमा छिमेकीप्रति धन्य भइन् ।
0 reads
Published on 6/16/2022
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 8
Roll No: 27014
39
More Articles from
Student