हे युवा !
हे युवा ! अब तिमी भित्रकाेताताे खुन बहन थाल्नुपर्छ,बस्तीबस्ती र गल्लीगल्लीबाटपरिवर्तनकाे राँकाे बाल्नुपर्छ।ती बालक, ती वृद्धमहिला र अशक्त जनका लागिक्रान्तिकाे बिगुल फुक्दैअसमानता र विभेदकाे पर्खाल ढाल्नुपर्छ।अब तिमीले अन्याय, अत्याचारकुरीतीकाे विरुद्धमान्याय, सदाचार र समानताकाेकदम चाल्नुपर्छ।यति मात्र हाेइन, तिमीबेसहाराहरूकाे वैशाखी बन्दैगरिबका भाेकाे पेट र फाटेकाेसपनालाई टाल्नुपर्छ।आऊ, तिमी आऊ !हामीसँगै हातेमालाे गरपुराना साेच बाेकेकाहरूकाेअहमता र अहङ्कारलाई अब गाल्नुपर्छ।छाड तिमी ताक्न अरूकाे मुखनयाँ नेपाल निर्माण गर्नु छ,अब बेथिति र भ्रष्टचारकाे समस्यालाईयहाँ जरैबाट फाल्नुपर्छ।
0 reads
Published on 5/23/2023
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 9
Roll No: 27014
39
More Articles from
Student