काेराेनाकालीन दैनिकी
२०७७ सालको सुरुवातमा नेपालमा कोरोना नामको भाइरस प्रवेश गरेको थियो। त्यो बेला म कक्षा ५ को अन्तिम परीक्षाको तयारीमा थिएँ। प्रायजसो मेरो विद्यालयले वार्षिक परीक्षा चैत्रको दोस्रो साताबाट सुरुवात गर्ने गरेको भएता पनि कोरोना भाइरसको कारणले पहिलाे हप्ता मै परीक्षा सुरु गरिसकेको थियो। म यो कोरोना भाइरस भन्ने रोगदेखि अनविज्ञ थिएँ र मनमा धेरै डर लागिरहेको थियो, जसले गर्दा परीक्षा समयमै सकाएर घरमा बस्न पाए हुन्थ्यो भन्ने लाग्यो। हामी परीक्षा सकेर घरमै बस्यौँ।
मेरो विद्यालयले पूर्ण परीक्षाको नतिजा प्रकाशन अनलाईनमार्फत गर्याे । यो प्रविधि हामी सबैका लागि नयाँ प्रविधि थियो। म आफ्नो परीक्षाको नतिजा अनलाईन बाट कसरी हेर्ने होला भनेर चिन्तित थिएँ तर विद्यालयले मेरा अभिभावकको इमेलमा नतिजा पठाएकाले सहजै जानकारी भयो।
यो बिचमा नेपाल लगायत विविन्न देशमा कोरोनाको सङ्क्रमण बढ्दो थियो। जसले गर्दा नेपाल सरकारले धेरै मानिसलाई सङ्क्रमण नहोस् भनेर लकडाउन घोसणा गर्याे । लकडाउनमा गाडी, हवाइजहाज, कलकारखाना, विद्यालय, कार्यालय, होटेल सबै बन्द भए दैनिक ज्यालादारी गरेर आफू र आफ्नो परिवार पाल्नेहरूका लागि यो अवस्था साह्रै नै दुखदायी बन्यो मानिसहरू पैदल नै हिँडेर आफ्नो घर गए । कतिको खान नपाएर बाटोमै मृतु भयो भने कति भोकभोकै सडककाे पेटीमा जीवन बिताउन बाध्य भएका थिए। यस्ता समाचारहरू दैनिक रूपमा टिभी, रेडियो र अनलाईन खबरबाट थाहा हुँदा मेरो मन खिन्न हुन्थ्यो। योभन्दा अगाडि मैले समाचारहरू त्यति धेरै सुन्ने र हेर्ने गर्दिन थिएँ तर कोरोनाले गर्दा मलाई यो कुरा थाहा भयो।
कोरोनका कारण आज पनि देशमा लकडाउन खुलेको थिएन तर विद्यालयको नयाँ सैक्षिक सत्र सुरु हुने समय भइसकेको थियो। नयाँ सत्रका कक्षाहरू कसरी सञ्चालन गर्ने होला, हामी कसरी विद्यालय जाने होला भन्ने कौतुहलता मनमा भइरहेको अवस्थामा विद्यालयले अभिभावक बैठक अनलाईन सञ्चालन गरी नयाँ शैक्षिक सत्र अनलाईन मार्फत नै सञ्चालन गर्ने निर्णय गर्याे । यो कुरा मैले थाहा पाउँदा म कसरी अनलाईन कक्षा लिने होला भनेर चिन्तित थिएँ तर यस बारेमा विद्यालयले गुगल मिटमार्फत कक्षा सञ्चालनगर्ने कुराको जानकारी र अभिमुखीकरण कक्षाहरू सञ्चालन गर्याे । जसले हामीलाई सोचेभन्दा बढी सहज भयो।
विद्यालयले सुरुका दिनमा जम्मा एक घण्टा अनलाईन कक्षा सञ्चालन गर्याे । त्यसपछि भने बिस्तारै कक्षाहरूको समय बढाउँदै लग्यो। हामीलाई अनलाईन कक्षामार्फत पढ्न पाउँदा रमाइलो नै भएता पनि आफ्ना शिक्षक र साथीहरूसँग प्रत्यक्ष भेट्न नपाउँदा भने दुख लागेको थियो तर पनि कोरोना सर्ने डरले यो कुरा सम्भव थिएन। हामीले अनलाईनमार्फत दैनिक तिनवटा फरक फरक विषयमा अध्ययन गर्न पाइरहेका कारण विद्यालय नगए तापनि पढाइमा कमी भएको महसुस गरेका थिएनाैँ । हाम्रा मासिक र त्रैमासिक परीक्षाहरू नियमित भइरहे ।
यी सबै कुरा भइरहेका भए पनि कोरोनाका कारण हामी हिडडुल गर्न पाइरहेका थिएनाैँ । हाम्रा महान चाड तीज, दसैँ, तिहार सबै घर घरमै मनाउन बाध्य थियौँ। सबैजना घर घरमै भएता पनि मेरो मामाको बेकरी पसल भएको कारणले बेला बेलामा उहाँ आफ्नो पसल जानुपर्दथ्यो यही दौरानमा मेरो मामालाई कोरोना भाइरस पोजेटिभ भयो। हामी परिवारका सबै जना यो कुराले चिन्तित रह्याैँ मामाघरमा लगभग ८० वर्ष पुग्नु भएका हजुरबुबा र हजुरआमा भएका कारणले पनि उहाँहरू जोखिममा पर्नुहोला कि भन्ने चिन्ता हामी सबैलाई भयो तर माइजु स्वास्थ्य कर्मी भएको कारणले यी सबै जोखिमबाट सहजै बच्न सजिलो भयो। मामालाई पोसिलो खानेकुरा र माइजूको राम्रो हेरविचारको कारण २४ दिनमा मामाको पोजेटिभ कोरोना नतिजा नेगेटिभ आयो। हामी सबै जना यो खबरले खुसी भयौँ। मामाको कोरोनासम्बन्धी बिमा गरेको कारण बिमाको रकम पनि पाउनुभयो। यसबाट हामीलाई जीवनमा स्वास्थ्य बिमा गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा भयो।
समग्रमा कोरोनाले हामी सबैलाई राम्रो पाठ सिकायो। कोरोनाकै कारण हामीले धेरै कुरा सिक्याैँ। हाल विश्वमा कोरोनाको भ्याक्सिन आएकाले परिस्थिति सहज भन्दै गएको छ। विद्यालय पनि खुलेका छन् तर अबकाे परिस्थितिले कुन रूप लिने हाे त्याे भन्न सक्ने अवस्था छैन ।
0 reads
Published on 5/3/2021
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 7
Roll No: 27014
39
More Articles from
Student