underline

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Underline

Share:

नेपालकाे राजधानी, काठमाण्डाैँ उपत्यका, धेरैले मन पराउने सहर जँहा सबैका रहर पनि मुस्कुराउने गर्दछन् । तिनै मध्येकाे म पनि उपत्यकाकाे विद्यालयमा भर्ना भएर जीवनकाे उज्वल भविष्य काेर्नका लागि वि.स. २०७५ सालबाट काठमाण्डाैंकाे सिफलमा रहेकाे सिफल माध्यमिक विद्यालयमा कक्षा ५ देखि भर्ना भएर पढ्न थालेँ । यस विद्यालयमा आउनुभन्दा पहिले म बानेश्वरमा रहेकाे ‘विद्या संस्कार’ विद्यालयमा अध्ययन गर्दथेँ । तर त्याे विद्यालय बानेश्वरबाट स्थानान्तरण भएर गाेकर्णेश्वर तिर जाने खबरले मेरा बुबाआमालाई निराश बनायाे किनकी त्याे ठाँउ म बस्ने ठाँउ भन्दा निक्कै टाढा पर्दथ्याे । मेराे विद्यालय जाने समय र बसकाे यात्रा धेरै हुने कुराले मेराे विद्यालय परिवर्तन गर्ने चाहना अभिभावकमा देखियाे र अरू विद्यालयकाे खाेजी हुन थाल्याे । यसै क्रममा बुबाले यसबारेमा आफ्नाे कार्यालयका साथीहरूसँग पनि साेधपुछ गर्नुभएछ । नभन्दै बुबाकाे साथीले यस सिफल विद्यालयकाे बारेमा तारिफ गरेकाे सुनेर विद्यालय भ्रमण गर्ने याेजना लिएर मेरा बुबाआमा विद्यालयमा जानुभयाे । विद्यालय भ्रमण र त्यहाँका शिक्षकहरूसँगकाे कुराकानीमा मेरा अभिभावकलाई विद्यालयले गर्ने कृयाकलापमा चासाे भयाे र सबै कुरा बुझेपछि मलाई सिफल माध्यमिक विद्यालयमा भर्ना गरिदिनु भयाे ।सुरुमा त मलाई नयाँ विद्यालय कस्ताे हाेला, साथीहरू कस्ता हाेलान्, शिक्षक शिक्षिका कस्ताे हुनुहाेला भनेर कुतूहलता र मनमा डर दुवै थियाे । तर जब शिक्षकहरूले विद्यालयकाे बारेमा सुरूका दिनहरूमा बताउनुभयाे, भएसँगै रमाइलाे र उत्सुकता जागिरह्याे । मलाई यस विद्यालयले गर्ने दैनिक गतिविधिले लाेभ्याउँदै गयाे जसमा सदन बाँडफाँड प्रकृया, कक्षा प्रतिनिधि छनाैट जस्ता कुराहरूले मलाई नेतृत्व छनाैटमा सहयाेग गर्याे । मैले पनि आफ्नाे कक्षाकाे कक्षा प्रतिनिधि पदमा भाग लिन पाएँ । यसले मलाई हाैसला र सबै समान भएकाे महसुस गरायाे । यति मात्र हाेइन मैले जब हरेक महिना अङ्ग्रेजी र नेपाली भाषाका फरक फरक साहित्यिक पुस्तकहरू जुन पाठ्यपुस्तकभन्दा अतिरिक्त पठनका लागि विद्यालयले दिने गर्थ्याे र त्यसकाे बारेमा साप्ताहिक र मासिक रूपमा पुस्तक समीक्षा भरेर बुझाउने कुराले मलाई पुस्तक पढ्ने कुराप्रतिकाे लगाव र लगनलाई बढावा दिएकाे महसुस गरेँ ।अहिले म यसै विद्यालयकाे कक्षा नाैमा अध्ययनरत विद्यार्थी हुँ । मैले मासिक पुस्तक अध्ययनका क्रममा अहिले पनि पुस्तकहरू महिनाकाे सुरूमा पाउने गरेकाे छु । कक्षा ८ मा रहँदा मैले नेपाली र अङ्ग्रेजी गरेर जम्मा २४ वटा साहित्यिक पुस्तकहरूकाे अध्ययन, पुस्तक समीक्षासमेत गर्ने सिप सिकेँ । जसले गर्दा मेराे पुस्तक पढ्ने रूची बढ्दै गएकाे छ । मैले कक्षा ८ मा नेपाली साहित्यका जम्मा १२ वटा पुस्तक एक वर्षमा अध्ययन गरेकाे थिएँ । म लगायत मेरा साथीहरूले निरन्तर रूपमा शिक्षक, शिक्षिकाकाे सहयाेगमा ती पुस्तककाे सारांश लेख्ने र पुस्तक समीक्षा गरी पत्रपत्रिका र विद्यालयकाे स्टुडेन्ट कर्नरमा प्रकाशन हुने गर्दथे, जसले हामीलाई झन् झन् हाैसला दिँदै जान्थ्याे र निरन्तर रूपमा पुस्तककाे समीक्षा गरी सम्बन्धित शिक्षकलाई पठाउने गरिन्थ्याे । यसै क्रममा मैले मासिक रूपमा अध्ययन गरेका पुस्तक जस्तै अनन्त वाग्लेजीले लेखेकाे यार्चा, विरेन्द्र नेपालद्वारा रचित छन्द कविता सङ्ग्रह विश्ववेदना, आन्विका गिरीद्वारा लेखिएकाे नारीवादी सचित्र कथा सङ्ग्रह आमाले सक्नुहुन्छ, रामदेव पाण्डेद्वारा लिखित बाल उपन्यास हजुरआमाकाे लाैराे, गितेश प्याकुरेलकाे याेध्दा, मन्जु ज्ञवालीकाे किशाेर कथा सङ्ग्रह फेक आइ डी, डा. सुदर्शन भक्त माथेमाकाे कविता सङ्ग्रह मैले बुझेकाे जीवन, राधा पाैडेलकाे खलंगामा हमला र उनै साहित्यकार राधा पाैडेलद्वारा लिखित राेल नम्बर एक साहित्यिक पुस्तकहरू मलाई मन पर्ने पुस्तकहरू मध्येका हुन् ।यसका साथै मैले खबुज नामकाे पुस्तक पनि अध्ययन गरेकाे छु, जसका लेखक बेन्यामिन हुन् जाे केरलाका साहित्यकार रहेका छन् । यी पुस्तकहरूकाे अध्ययनबाट मैले हाम्राे समाज, समाजमा घट्ने घटना, मानिसका सङ्घर्षका कथा, सामाजिक र सांस्कृतिक विसङ्गति, बाल मनाेविज्ञान, देश भक्त नेपाली, १२ वर्षकाे द्वन्द्वकाल र परिघटना, यार्चागुम्वाका कारण बालबालिकाले भाग्नु परेकाे दुःख र पढाइमा भएकाे अवराेधका बारेमा बुझ्ने माैका पाएँ । यसमध्ये पनि मलाई असाध्यै मन परेका पुस्तकमा आमाले सक्नुहुन्छ र हजुरआमाकाे लाैराे रहेका छन् । यी दुवै पुस्तकका पात्र महिला र बालबालिका हुनु र यसमा उल्लेख गरेकाे घटना क्रमले महिलालाई हेर्ने दृष्टिकाेण, समाजकाे महिला प्रतिकाे साेच, तथा अहिलेकाे आधुनिक युगमा महिला, बालबालिका तथा वृद्धवृद्धाले भाेग्नु परेकाे पीडालाई उल्लेख गरेकाे छ ।क्रमश: ………………..

0 reads

Published on 1/17/2024

Image

Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Adhikari

Grade 9

Roll No: 27014

39

More Articles from

Student

Underline
Journal - My Trip to Chitwan

Journal - My Trip to Chitwan

Published 1/29/2019
काेराेनाकालीन दैनिकी

काेराेनाकालीन दैनिकी

Published 5/3/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 5/17/2021
फेरि आयाे काेराेना

फेरि आयाे काेराेना

Published 5/19/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 7/5/2021
युराेकप २०२०

युराेकप २०२०

Published 9/17/2021
बाँच नेपाल स्वाधीन बनी

बाँच नेपाल स्वाधीन बनी

Published 11/19/2021
गाउँको दसैँ

गाउँको दसैँ

Published 11/29/2021
अनुशासन

अनुशासन

Published 1/19/2022
पछुताे र वाचा

पछुताे र वाचा

Published 6/16/2022
हे युवा

हे युवा

Published 6/22/2022
फोहोर व्यवस्थापन र सफा सहर

फोहोर व्यवस्थापन र सफा सहर

Published 7/6/2022
Travelogue: Walking Down The Memory Lane

Travelogue: Walking Down The Memory Lane

Published 7/27/2022
What Is Reddit

What Is Reddit

Published 8/8/2022
रक्सीकाे मात

रक्सीकाे मात

Published 9/8/2022
प्रकृति र वातावरण

प्रकृति र वातावरण

Published 11/4/2022
Politics & Human Rights

Politics & Human Rights

Published 11/17/2022
Dignified Menstruation

Dignified Menstruation

Published 12/22/2022
Personal Finance

Personal Finance

Published 1/9/2023
हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

Published 2/1/2023
विवश

विवश

Published 2/15/2023
निबन्धः संविधान र यसकाे महत्त्व

निबन्धः संविधान र यसकाे महत्त्व

Published 2/23/2023
सानी भेटिई

सानी भेटिई

Published 3/10/2023
हे युवा !

हे युवा !

Published 5/23/2023
व्यवसायमुखी कृषि

व्यवसायमुखी कृषि

Published 7/4/2023
Arresting God in Kathmandu: A Review

Arresting God in Kathmandu: A Review

Published 8/17/2023
देश मेराे नेपाल

देश मेराे नेपाल

Published 9/19/2023
बालदिवस र यसकाे सन्दर्भ

बालदिवस र यसकाे सन्दर्भ

Published 11/25/2023
Life in an Aquarium

Life in an Aquarium

Published 12/1/2023
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 12/8/2023
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Published 12/25/2023
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/18/2024
फूल थरी थरी

फूल थरी थरी

Published 1/25/2024
The Evolution of Chess

The Evolution of Chess

Published 1/31/2024
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 3/21/2024
How Social Media Impacts Mental Health

How Social Media Impacts Mental Health

Published 5/15/2024
The Evolving Role of Teachers in the Digital Age

The Evolving Role of Teachers in the Digital Age

Published 7/20/2024
Inner Peace

Inner Peace

Published 8/29/2024