underline

अनुशासन

Underline

Share:

अनुशासन भन्नाले आफैँले आफूलाई नियम र शासनमा राख्नु वा बाध्नुलाई बुझाउँछ । अनुशासन मानिसकाे सबैभन्दा ठुलाे गुण हाे । हामी हरेक मानिसहरू आ-आफ्नाे अनुशासनमा रहनुपर्छ । प्रत्येक मानिसले घर परिवार समाज तथा देशका नियम तथा मर्यादामा रहेर आफ्ना काम र कर्तव्य गर्नुपर्छ । सधैँ सही मार्गमा हिड्नु, आफूभन्दा ठूलालाई आदर गर्नु, सानालाई माया गर्नु, साथिभाइहरूसँग झैझगडा नगर्नु, आफ्ना काम सधैं समयमा पूरा गर्नुलाई अनुशासन पालना गरेकाे मानिन्छ । अनुशासनकाे पालनाले मानिसलाई असल, गुणी र सफल बनाउँछ । अनुशासनलाई पालना गर्ने मानिसलाई घर परिवार समाजका सबैले मन पराउँछन् र प्रतिष्ठित पनि हुन्छन् ।व्यक्तिले अनुशासनका कुरा घर, परिवार, समुदाय, विद्यालय, किताब अध्ययनबाट सिक्दछ । विद्यालय गएर एउटा बालकले साथीहरूसँग मिलेर बस्न सिक्छ, मिलेर खेल्न सिक्छ, नम्र र कर्तव्यनिष्ठ हुन सिक्छ । आफ्ना काम नियमित र समयमा गर्न सिक्छ । घर परिवार र समुदायबाट असल मान्छे बन्न, ज्ञानी बन्न सिक्छ भने विद्यालयका गुरूहरूबाट असल मार्गमा हिड्न सिक्छ । मानिसले आफ्ना हरेक पलहरूमा र ससाना कुराहरूमा आफूलाई अनुशासनमा राख्न सिक्नुपर्छ ।संसारकाे जुनसुकै कुनामा रहेर जस्ताेसुकै काम गरे पनि मानिसले अनुशासनकाे पालना गरेकै हुनुपर्दछ । अनुशासन नमान्नाले जीवन कठिन बन्दछ । मानिसले आफ्नाे जीवन कालमा विभिन्न स्थानमा रहेर, विभिन्न पेसा, काम, व्यवसाय गरेर बसेका हुन्छन् । यस्ता जुन क्षेत्रमा रहे पनि उसले ती क्षेत्रका अनुशासनलाई मान्नुपर्दछ । जस्तै एउटा विद्यार्थीले विद्यालयका अनुशासन, एउटा कर्मचारीले कार्यालयकाे अनुशासन, र एउटा खेलाडीले खेलकाे अनुशासनकाे पालना गर्नुपर्दछ । व्यक्तिगतदेखि समूहमा गरिने हरेक काममा अनुशासनकाे आवश्यकता पर्दछ ।असल बानी पनि अनुशासनकाे लक्षण हाे । अनुशासनकाे पालना कसरी गर्नुपर्छ र गरिरहेका छन् भन्ने कुरा सूर्य उदाउनु र अस्ताउनु, फूलहरू फुल्नु, बाेट विरूवामा मुना पलाउनु र पात झर्नु, माटाेमा अन्न फल्नुबाट पनि बुझ्न सकिन्छ । हामी सबैले अनुशासनकाे पालना गरेमा हाम्राे घर, परिवार, समुदाय, समाज र देश नै अझ सुन्दर बन्दछ । हामीले सानैदेखि अनुशासित व्यक्ति बन्न सिक्नुपर्छ । अरूलाई पनि अनुशासित बन्न प्रेरणा र सल्लाह दिनुपर्दछ । अनुशासनकाे महत्त्व सदा रहिरहने कुरा हाे । यसकाे महिमा कहिल्लै घट्दैन । अनुशासनकाे निरन्तर पालना र प्रयाेग गर्नु हामी विद्यार्थीकाे पहिलाे कर्तव्य हाे ।

0 reads

Published on 1/19/2022

Image

Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Adhikari

Grade 7

Roll No: 27014

39

More Articles from

Student

Underline
Journal - My Trip to Chitwan

Journal - My Trip to Chitwan

Published 1/29/2019
काेराेनाकालीन दैनिकी

काेराेनाकालीन दैनिकी

Published 5/3/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 5/17/2021
फेरि आयाे काेराेना

फेरि आयाे काेराेना

Published 5/19/2021
Counter-Strike: Global Offensive

Counter-Strike: Global Offensive

Published 7/5/2021
युराेकप २०२०

युराेकप २०२०

Published 9/17/2021
बाँच नेपाल स्वाधीन बनी

बाँच नेपाल स्वाधीन बनी

Published 11/19/2021
गाउँको दसैँ

गाउँको दसैँ

Published 11/29/2021
पछुताे र वाचा

पछुताे र वाचा

Published 6/16/2022
हे युवा

हे युवा

Published 6/22/2022
फोहोर व्यवस्थापन र सफा सहर

फोहोर व्यवस्थापन र सफा सहर

Published 7/6/2022
Travelogue: Walking Down The Memory Lane

Travelogue: Walking Down The Memory Lane

Published 7/27/2022
What Is Reddit

What Is Reddit

Published 8/8/2022
रक्सीकाे मात

रक्सीकाे मात

Published 9/8/2022
प्रकृति र वातावरण

प्रकृति र वातावरण

Published 11/4/2022
Politics & Human Rights

Politics & Human Rights

Published 11/17/2022
Dignified Menstruation

Dignified Menstruation

Published 12/22/2022
Personal Finance

Personal Finance

Published 1/9/2023
हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

हजुरआमाकाे लाैराेः पुस्तकसमीक्षा

Published 2/1/2023
विवश

विवश

Published 2/15/2023
निबन्धः संविधान र यसकाे महत्त्व

निबन्धः संविधान र यसकाे महत्त्व

Published 2/23/2023
सानी भेटिई

सानी भेटिई

Published 3/10/2023
हे युवा !

हे युवा !

Published 5/23/2023
व्यवसायमुखी कृषि

व्यवसायमुखी कृषि

Published 7/4/2023
Arresting God in Kathmandu: A Review

Arresting God in Kathmandu: A Review

Published 8/17/2023
देश मेराे नेपाल

देश मेराे नेपाल

Published 9/19/2023
बालदिवस र यसकाे सन्दर्भ

बालदिवस र यसकाे सन्दर्भ

Published 11/25/2023
Life in an Aquarium

Life in an Aquarium

Published 12/1/2023
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 12/8/2023
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Published 12/25/2023
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/17/2024
साहित्यमा माेह बढाउँदै सिफल स्कुल

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Published 1/18/2024
फूल थरी थरी

फूल थरी थरी

Published 1/25/2024
The Evolution of Chess

The Evolution of Chess

Published 1/31/2024
पर्यावरणीय न्याय

पर्यावरणीय न्याय

Published 3/21/2024
How Social Media Impacts Mental Health

How Social Media Impacts Mental Health

Published 5/15/2024
The Evolving Role of Teachers in the Digital Age

The Evolving Role of Teachers in the Digital Age

Published 7/20/2024
Inner Peace

Inner Peace

Published 8/29/2024