युराेकप २०२०
राम र राकेश धेरै समयपछि फाेनमा कुराकानी गर्दै छन् । उनीहरूका बिचमा आज युराेकप २०२० मा भएकाे खेलकुदकाे बारेमा छलफल हुँदै छ ।
राम - हेल्लाे, राकेश के छ ? राकेश - मलाई सन्चै छ। तिमीलाई कस्तो छ नि ? राम - म पनि ठिकै छु। राकेश - अनि तिमीले हिजोको स्पेन र क्रोएसियाको खेल हेर्याै त? राम - मैले त त्यो खेल हेर्नै पाइन। तिमीले हेर्याै ? राकेश - मैले त हेरेँ नि। कस्तो राम्रो खेल भएको थियो । राम - मलाई भन न के के भयो भनेर। राकेश - ए! भइहाल्छनि। खेल त धेरै राम्रो भएको थियो । स्पेनले पाँच गोल र क्रोएसियाले तीन गोल हानेको थियो। खेल एकदमै रोमाञ्चक भएको थियो । तिमीलाई थाहा छ, त्यो खेलमा स्पेनबाट एउटा आत्मघाती गोल पनि भयो नि। राम - ए! होर, कसले हान्यो नि आत्मघाती गोल ? राकेश - पेड्रीले हान्यो । राम - हो र! अनि तिमीले अरू कुन कुन खेल हेर्याैँ त नि ? राकेश - मैले त अहिलेसम्म कुनै पनि खेल छोडेको छैन नि। राम - अनि तिम्रो अनुसार कसले युरो कप जित्ला त ? राकेश - खै जर्मनी, फ्रान्स, पोर्चुगलजस्ता हस्तीले त हारे, यसपालिको युरो कप कसले जित्छ केही भन्न सकिने अवस्था छैन । राम - ए! यस्ता यस्ता बलिया टिमहरूले त हारेछन्। राकेश - यसपालि नयाँ देशले जित्ने मौका पाउला जस्तो छ। राम - ए! यसपालिको युरो कप चाहिं हेर्नु पर्ने रहेछ। राकेश - अबका बाँकि खेल चाहिं हेर्न थालन। राम - हुन्छ नि बरू अनि कहिलेदेखि सुरु हुन्छ त ? राकेश - भोलि अठार गते रातिबाट सुरु हुन्छ। राम - ए! अब चाहिँ म पनि हेर्न थाल्छु । राकेश - ल! अब भोलिदेखि हेर है त। राम - हेर्न त हुन्थियो तर राति ढिलोसम्म हेरेपछि बिहान उठ्नै गाह्रो हुन्छ। राकेश - त्यो त हो। हेर्दै गएपछि बानी पर्दो रहेछ। राम - ल ल अब फेरि कुरा गरौँला है। राकेश - हुन्छ हुन्छ। अब फाेन पनि राख्छु है ।
( कुराकानी सकिन्छ र दुवैले फाेन राख्छन् )
0 reads
Published on 9/17/2021
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 7
Roll No: 27014
39
More Articles from
Student